
मानवअधिकार हननको शिकार भएमा चुप नबस्नुहोस् उजुरी गर्नुहोस्
उजुरी वा परामर्शको कारणले कुनै हानि हुँदैन।
यस्ता अवस्थामा उजुरी गर्न सकिन्छ
आक्रमण, धम्की, यौन उत्पीडन, ज्याला नदिनु • अनुचित व्यवहार, भेदभाव, जबरजस्ती श्रम आदि
सहयोग चाहियो भने फोन गर्नुहोस्।
आक्रमण, अपराध पीडित उजुरी (प्रहरी) ११२
विदेशी व्यापक परामर्श (विदेशी व्यापक सूचना केन्द्र) १३४५, hikorea.go.kr
अपराध पीडित (वनस्टप समाधान केन्द्र) १५७७-१७०१
विदेशी श्रमिक अधिकार संरक्षण, गुनासो परामर्श (विदेशी श्रमिक परामर्श केन्द्र) १५७७-००७१
प्रवासी महिला पीडित उजुरी (दनुरी कलसेन्टर) १५७७-१३६६
• विदेशी श्रमिकहरूलाई पनि श्रम सम्बन्धी कानुन समान रूपमा लागू हुन्छ, ज्याला नदिनु, गाली·आक्रमण, तंग्रिनु, यौन उत्पीडन
आदि निषेध छन्।
• रोजगारदाताको श्रम अवस्था उल्लङ्घन (ज्याला नदिनु तथा ढिलाइ आदि) वा अनुचित व्यवहार (यौन उत्पीडन, यौन हिंसा, आक्रमण आदि) को
अवस्थामा विदेशी श्रमिकले रोजगारदाताको सहमति तथा संख्या सीमा बिना कामको ठाउँ परिवर्तन गर्न सक्छन्।
श्रम अवस्था पालना तथा अधिकार संरक्षणमा विशेष ध्यान दिनुहुन अनुरोध गर्दछौं,
व्यवसायिक स्थलमा पारस्परिक सम्मान र सहयोगको संस्कृति निर्माणमा सहयोग गर्नुहुन अनुरोध गर्दछौं।